text/plain kw.txt ( HTML document, ASCII text, with CRLF line terminators ) text/plain kw.txt ( HTML document, ASCII text, with CRLF line terminators )
कुखुरा बिकास फार्म
लुम्बिनी प्रदेश सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
कुखुरा बिकास फार्म
खजुरा, बाँके
परिचय

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ। देशको कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ भन्दा बढी योगदान पुर्याउदै आएको र ६५ प्रतिशत भन्दा बढी जनसंख्या रोजगारी तथा जिबिकाका लागि संलग्न भएको कृषि पेशालाई व्यबसायीक,प्रतिस्पर्धी,नाफामुलक मर्यादित बनाई कृषि क्षेत्रको दिगो बिकास बिना सम्बृद्धि सम्भब छैन। बि. स. २०१७ सालमा राजा महेन्द्रले परवानीपुरमा बेलायत बाट आयात गरिएका करिब १००० New Hampshire जातका कुखुराबाट नेपालकै पहिलो ह्याचरी उदघाटन गरे पछि शुरु भएको नेपालको पोल्ट्री उद्योगकोले कुल ग्राहस्थ उत्पादनमा करिब ४% योगदान पुर्याउदै आएको छ । आ.ब. २०३४/३५ सालमा कृषि अनुसन्धान केन्द्र खजुराको एक अंग को रुपमा सुरुवात भै आ.ब. २०३७/३८ सालमा स्थानीय कुखुराहरुमा उन्नत तथा सुद्ध नस्लका New Hampshire तथा Black Australop जातका कुखुराहरुको प्रयोग मार्फत नस्ल सुधार गरि स्थानीय कुखुराहरुको उत्पादन तथा उत्पादकत्व बृधि गर्ने, साबिकको मध्य तथा सुदूरपश्चिम क्षेत्रका हिमाली तथा पहाडी जिल्लाका किसानहरुलाई हुर्काइएका उन्नत जातका ग्रामिण कुखुराका चल्ला उपलब्ध गराउने तथा आम किसानहरुलाई कुखुरा पालन व्यवसायमा आवस्यक प्राबिधिक सहयोग उपलब्ध गराउने उदेश्य सहित तत्कालिन पशु सेवा बिभाग अन्तर्गत रहने गरि कुखुरा बिकास फार्म खजुरा बाँकेको स्थापना भएको हो।संघिय संरचनामा देश गै सकेपछि कुखुरा बिकास फार्म खजुरा बाँके हाल लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको छ।