लुम्बिनी प्रदेश सरकार
कृषि तथा भूमि व्यवस्था मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
कुखुरा बिकास फार्म
खजुरा, बाँके
कार्य विवरण

आफ्नो स्थापनाकाल देखिनै यस क्षेत्रका जनतालाई महत्वपूर्ण सेवा दिदै आएको कुखुरा बिकास फार्म , खजुरा बाँकेले हाल स्थानीय जातका जस्तै साकिनी, घांटी खुइले, प्वाख उल्टे, शुद्ध नस्लका ग्रामिण कुखुराहरु जस्तै New hempsire रातो तथा Black Australop कालो र New hempsire तथा Black Australop संग स्थानीय जातका कुखुरालाई प्रजनन गराई क्रस जातका चल्ला उत्पादन गरि आम किसानहरुलाई सहज रुपमा सुलभ मुल्यमा वितरण गर्दै आइरहेको छ। ग्रामिण अर्थ तन्त्रको मुख्य आधारको रुपमा रहेको कुखुरापालन ब्यबसायलाई थप व्यबस्थित,दिगो तथा नाफा मुलक बनाई किसानहरुको जिबिको पार्जन सुधार गरि खाद्य सुरक्षा तथा गरिबी निवारणमा महत्वपूर्ण योगदान दिने उदेश्य सहित किसानहरुलाई कुखुरा पालन सम्बन्धि आवस्यक प्राबिधिक तथा ब्यबहारिक ज्ञान उपलब्ध गराउने, स्थलगत तथा फार्म मै ब्यबहारिक कुखुरा पालन तालिम संचालन गर्ने, ग्रामिण पर्यटन प्रबर्धनको लागि होम स्टे संचालन भएका क्षेत्रमा ग्रामिण कुखुरा पालन कार्यक्रम संचालन, कृषि तथा भेटेरिनरी अध्ययन गरेका युबाहरुलाई स्वरोजगार बनाउन कुखुरा पालन तथा ह्याचरी संचालन सम्बन्धि ब्यबहारिक तालिम संचालन गर्ने कार्य समेत गर्दै आइरहेको छ। यसका साथै यस आर्थिक बर्ष देखि स्थानीय रैथाने तथा लोप हुन लागेका कुखुराका जातहरुको संरक्षण गरि श्रोत केन्द्र को रुपमा स्थापना गर्ने र भावी पुस्ताको लागि समेत लोपन्मुख प्रजातिहरु जोगाइ राख्ने कार्य सुरु गरेको छ। राष्ट्रिय उत्पादनमा बिसिस्ठ पहिचान बनाउन सफल एकमात्र आत्मनिर्भर पोल्ट्री ब्यबसाय राष्ट्रिय तथा ग्रामिण अर्थतन्त्रको मुख्य आधारको रुपमा रहेको छ। व्यबसायीक कुखुरा पालनको दिगो ब्यबस्थापन गरि स्थानीय जातका कुखुराको बढदो मागलाई पूर्ति गर्न स्थानीय जातका रैथाने कुखुराहरुको नस्ल सुधार,उचित ब्यबस्थापन तथा थोरै लगानीमा उत्पादन तथा उत्पादकत्व सुधार गर्न अत्यन्तै आबस्यक छ।